अस्ट्रेलिया विरुद्धको टी-२० शृंखला भारतले जित्यो « Khabarhub

अस्ट्रेलिया विरुद्धको टी-२० शृंखला भारतले जित्यो


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– भारतले अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो ।

भारतले एक खेल अगाडि नै तीन खेलको सिरिज पक्का गरेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरमा ५ विकेट गुमाएर अष्ट्रेलियाले १९५ रनको लक्ष्य दिएको थियो ।

अष्ट्रेलियाका लागि सर्वाधिक मेथ्यु वेडले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै स्टीभ स्मिथले ४६ रन बनाए भने भारतका तर्फबाट टी नटराजनले २० रन खर्चिएर २ विकेट लिए ।

अष्ट्रेलियाले ११ ओभरमा १०० रनको आँकडा पार गरेकाे थियो । अष्ट्रेलियाका लागि सर्टले ९ रन बनाए भने म्याक्सवेलले २२ र हेन्रिकेसले २६ रन बनाए । स्टाइनिसले १६ र साम्सले ९ रन बनाएका थिए ।

जवाफमा भारतले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको भारतले ५६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश राहुल ३० रनमा आउट भए । त्यसपछि शिखर धवन ५२ रनमा पेभेलियन फर्किएपछि भारतले ९५ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि सञ्जु सामसन मात्र १५ रनमा आउट भए भने कप्तान विराट कोहलली ४० रन बनाए । एक सय ४९ रनमा चार विकेट गुमाएको भारतलाई अन्तिममा हार्दिक पाण्ड्याले सम्हालेका थिए ।

हार्दिकले २२ बलमा तीन चौका र दुई छक्काको पद्दतले ४२ रन बनाए । यस्तै श्रेयस ऐयरले १२ रनको योगदान गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ५८ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक