कर्णालीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु « Khabarhub

कर्णालीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

सुर्खेत- सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा नाम समावेश गरेर सेवाको शुभारम्भ गर्नुभयो । विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यसको शुरुवात गरेको हो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पद्मलाल लामिछानेले सुर्खेतमा पहिलो पटक लागू भएको राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्रको सेवा शुरु गरिएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनाहरु जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने उनको भनाइ छ ।

“राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी नागरिकका सूचना वा विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा समावेश गर्नमा मद्दत पुग्नेछ”, प्रशासकीय अधिकृत लामिछानेले भन्नुभयो, “यसबाट प्राप्त तथ्याङ्क/अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्न सकिन्छ ।”

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ३८ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ