प्रदेश नं १ मा थपिए १२३ संक्रमित, २५१ निको भए « Khabarhub

प्रदेश नं १ मा थपिए १२३ संक्रमित, २५१ निको भए


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा होमआइसोलेशनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट आठ र न्यूरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जनासहित २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १५० पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार १७० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ । सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ८ : ४९ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई