क्षुद्र ग्रहको चट्टान अध्ययनका लागि जापान पठाइयो « Khabarhub

क्षुद्र ग्रहको चट्टान अध्ययनका लागि जापान पठाइयो


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानवेरा- ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको दक्षिण अस्ट्रेलियाबाट अध्यनका लागि जापान पठाइएको छ ।

जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो ।

हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमूनाहरू सङ्कलन गरेको थियो ।

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्ट्रेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको जापानी वैज्ञानिकले बताएका छन् ।

जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ४२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५