फरार १७ अभियुक्त एकैदिन पक्राउ « Khabarhub

फरार १७ अभियुक्त एकैदिन पक्राउ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका–४ का ५८ वर्षीय इसराइल मियाँ ,सोही नगरपालिका–६ का राजकुमार साह छन् ।

यसैगरी खड्क नगरपालिका –९ का मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी, बोदे बर्साइन नगरपालिका–९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका–६ का नजबुद मियाँ र सोही नगरपालिका–९ का महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेको भारतीले जानकारी दिए ।

राजगढ गाउँपालिका–२ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका–३ का ५४ वर्षीय जयराम साह, सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय नरसिहं चौधरी, खड्क नगरपालिका–९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका–९ का ५७ वर्षीय झौली मण्डल, सोही नगरपालिका–२ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र सङ्गीताकुमारी चौधरी पक्राउ परेका छन् ।

प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने अभियान यहाँ सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : ३५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा