थाइराइडको समस्या कस्ता ब्यक्तिलाई हुन्छ ? « Khabarhub

थाइराइडको समस्या कस्ता ब्यक्तिलाई हुन्छ ?


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मानव शरीरको एक ग्रन्थी हो थाइराइड । यो ग्रन्थी मानव शरीरको घाँटीको बीचमा हुने गर्दछ ।

दायाँ र बायाँ भागमा हुने यस ग्रन्थीलाई मासुले जोडेको हुन्छ । पुतली आकारको यो ग्रन्थी हाम्रो श्वासनली र खाना खाने पाइपको अगाडि रहने भएकाले यसले शरीरका अन्य अंगलाई समेत असर पार्न सक्छ ।

थाइराइडले हर्मोन निकाल्ने गर्दछ । तर यो आफैं सक्रिय भने हुँदैन । थाइराइड भएका बिरामीहरूमा घाँटी दुख्ने । घाँटी डल्लो साह्रो हुदै जाने र बढ्दै जाने जस्ता समस्या हुन्छन् ।

थाइराइड बढ्दै गएमा क्यान्सर हुने सम्भावन समेत हुन्छ ।

थाइराइड ग्रन्थीले टी थ्री र टी फोर हर्मोन उत्पादन गर्दछ । यस ग्रन्थीले उत्पादन गर्ने हर्मोनको काम करिब उस्तै हुन्छ । टी फोर बढि मात्रामा उत्पादन हुने र टी–थ्री त्यसको तुलनामा कम उत्पादन हुन्छ ।

जसलाई हाम्रो शरीरले प्रतिरोध गर्न सक्दैन । त्यसले थाइराइड सम्बन्धी रोगलाई निकै घातक मानिन्छ ।

थाइराइडको लक्षण

थाइराइड भएमा शरीर अनावश्यक मोटाउँदै जाने, शरीर अल्छि र बोधो हुने, सुस्त भएझै महशुस हुने, शरीर सुख्खा हुने, सन्तान पाउने उमेरका महिलाको गर्भ नरहने लगायतको लक्षणहरु देखापर्छ ।

कतिपय अवस्था भने जति खाना खाएपनि शरीर नलाग्ने, हातगोडामा पसिना आउने, आँखा बाहिर देखिने, गलगाँड आउने लगायतको लक्षण पनि हुनसक्छ । यस अवस्थालाई हाइपर थाइराइड भनिन्छ ।

थाइराइड कसलाई र किन हुन्छ ?

हुनत थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । तर विशेषत हर्मोन बढी उत्पादन हुने उमेर २० देखि ४० वर्ष उमेरका मानिसमा बढि देखापर्छ ।

थाइराइडको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । हर्मोन उत्पादनमा गडबड हुने भएकाले महिलाहरूको शरीरले यसले प्रतिक्रिया देखाउने गर्दछ ।

थाइराइडका समस्या भएका मानिसहरुमा मधुमेह हुने सम्भावना उच्च हुन्छ ।

थाइराइड भएमा के गर्ने

१. नियमित खानामा चिल्लो पदार्थको मात्रा कम गर्ने ।
२. शरीरमा मोटोपना आउन नदिन शारीरिक ब्यायाममा बढि ध्यान दिने ।
३. प्रेसर, मधुमेह र कोलेस्ट्रोलका बिरामिले खानपानमा विशेष ध्यान दिने ।
४. सकेसम्म फूलकोबि वा बन्दा नखाने ।
५. समुन्द्रमा पाइने खानेकुराहरु नियन्त्रण गर्ने ।

थाइराइडको शंका लाग्नासाथ सकेसम्म छिटो स्वास्थ्य परीक्षण गराउनु पर्दछ । अन्यथा यसले विकराल रुप लिई स्वास्थ्यमा ठुलो समस्या आइलाग्न सक्छ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ३३ बजे

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार