प्रियंकाले निकलाई गरिन् चुम्बन, त्यसपछि पुछिन् ओठमा लागेको लिपिस्टिक, भिडियो भाइरल « Khabarhub

प्रियंकाले निकलाई गरिन् चुम्बन, त्यसपछि पुछिन् ओठमा लागेको लिपिस्टिक, भिडियो भाइरल


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस इभेन्ट र अन्य कार्यक्रममा सँगै देखिन्छन् । यी दुईले बिहे गरेको एक वर्षभन्दा धेरै भइसकेको छ ।

निक र प्रियंकाले कैयन् सार्वजनिक कार्यक्रममा चुम्बन साटासाट गर्ने गरेका छन् । सामाजिक सञ्जालमा यी दुईको प्रेम झल्किरहेको हुन्छ । यही कारणले सामाजिक सञ्जालमा दुवैको तस्वीर फ्यानमाझ भाइरल हुने गर्छ ।

अमेरिकाको लस एन्जल्समा निक र प्रियंका गोल्डेन ग्लोब अवार्डस् समारोहमा देखिए । समारोहमा पुग्दा प्रियंकाले गुलाबी रंगको ड्रेस पहिरिएकी थिइन् ।

यतिबेला एक भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा प्रियंका र निकले चुम्बन गर्छन् । त्यसपछि निकको ओठमा लागेको लिपिस्टिक प्रियंकाले पुछिदिन्छिन् ।

यसबाट झल्किन्छ कि, प्रियंका र निक एकअर्कालाई कति माया गर्छन् ।

यसअघि पनि प्रियंका र निक रोमान्टिक मुडमा देखिएका थिए । नयाँ वर्ष मनाउन एक कार्यक्रममा पुगेका निक र प्रियंका स्टेज चढेर किस गर्दै नयाँ वर्ष मनाएका थिए ।

प्रियंका र निकले सन् २०१८ को डिसेम्बरमा बिहे गरेका थिए । बिहेको एक वर्ष पुगेको अवसरमा यी दुईलाई सेलिब्रेटीले बधाई दिएका थिए । यी दुईले बिहेपछिको जीवन खुशीका साथ रमाइरहेका छन् ।

प्रिय‌ंका बलिउडकी चर्चित अभिनेत्री हुन् भने निक अमेरिकन गायक र अभिनेता हुन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ११ : २० बजे

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा