स्कार्पियो दुर्घटनामा १ जना भारतीय नागरिकको मृत्यु, ५ जना घाइते « Khabarhub

स्कार्पियो दुर्घटनामा १ जना भारतीय नागरिकको मृत्यु, ५ जना घाइते


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा मंगलबार बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको भारतीय नम्बरप्लेट बीआर ०६ पीडी ३६३७ को स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उनकी १ वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् । घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ११ : ५४ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले