एन्टिबायोटिकको प्रयोगले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो गम्भीर असर « Khabarhub

एन्टिबायोटिकको प्रयोगले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो गम्भीर असर


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिकित्सकको सिफारिसविना प्रयोग एन्टिबायोटिक प्रयोग गर्न निषेध छ । तर नेपालका फार्मेसीहरुमा एन्टिबायोटिक चकलेट जसरी बिक्री वितरण हुने गरेको छ । चिकित्सकको सल्लाहविना एन्टिबायोटिक सेवन गर्दा त्यसले नकारात्मक असर पुर्‍याउँछ ।

एन्टिबायोटिकको गलत प्रयोगले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले गर्दा ब्याक्टेरियाहरु शक्तिशाली भई एन्टिबायोटिक औषधिलाई निष्क्रिय बनाउँछ । बिरामी हुँदा मानिसले खाने औषधिले काम गर्दैन ।

एन्टिबायोटिकले मानिस वा पशुपंक्षीको शरीरमा अनावश्यक वृद्धि हुने ब्याक्टेरियालाई मारेर संक्रमण हुनबाट बचाउँछ । ब्याक्टेरिया अनुसार एन्टिबायोटिक औषधिको प्रयोग गरी मानिस तथा पसुपंक्षीको उपचार हुन्छ । एन्टिबायोटिकको गलत प्रयोगले ब्याक्टेरियाहरुले एन्टिबायोटिकसँग लड्ने क्षमता विकास गर्छन् ।

ब्याक्टेरियाहरुले एन्टिबायोटिक औषधिको प्रभाव नहुने गरी आफूलाई विकास गर्न सक्षम हुन्छन् । जसका कारण रोगको संक्रमण बढ्ने खतरा रहन्छ भने मानिसको ज्यान जानसक्छ ।

यस्तो भए गर्दैन एन्टिबायोटिकले काम ?

–अत्याधिक वा खानु पर्नेभन्दा बढी औषधि सेवन गरेमा,

–कम वा खानुपर्नेभन्दा कम औषधि सेवन गरेमा,

–एन्टिबायोकि औषधि जथावावी खाएमा

–चिकित्सकले तोकेको समय र मात्रामा नआएमा,

–म्याद गुज्रेको औषधि खाएमा

एन्टिबायोटिकको सही प्रयोग कसरी गर्ने ?

–चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहविना एन्टिबायोटिकको प्रयोग गर्ने,

–गर्भवती महिला तथा स्तनपान गराइरहेकी महिलाले चिकित्सकको सिफारिस विना एन्टिबायोटिकको खानु हुँदैन,

–भाइरसबाट हुने रुघाकोकी लगायतका साधारण रोगमा एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन,

–रोग निको भएपनि चिकित्सकले सिफरिस गरेको एन्टिबायोटिक पुरा मात्रामा खानुपर्छ,

–एकपटक प्रयोग भएर बाँकी रहेको एन्टिबायोटिक अर्को पटक बिरामी हुँदा प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ६ : ४८ बजे

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी