जेठमा आउने भयो ‘चिसो एस्ट्रे’ « Khabarhub

जेठमा आउने भयो ‘चिसो एस्ट्रे’


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘चिसो एस्ट्रे’ जेठ १६ गतेदेखि प्रदर्शन हुने भएको छ । गाउँबाट सहर आएको एक युवकको सहरिया यात्रा समेटिएको फिल्मको रिलिज मिति हालै घोषणा गरिएको हो ।

आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुगेको युवकको जीवन वरिपरि घुम्ने कथा फिल्ममा देख्न सकिनेछ । फिल्मलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् ।

पाल्पालीले यसअघि ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । उक्त फिल्म काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भएको थियो भने विभिन्न अवार्ड समेत जित्न सफल भएको थियो ।

फिल्ममा मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गरिएको छ । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ,’ दिन्शले भने ।

निर्देशकका अनुसार आधुनिक बन्ने चक्करमा आफूलाई नै गुमाउन पुग्ने एक युवकको यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।

फिल्ममा दिव्य देवले मदनका रुपमा मुख्य पात्रको निर्वाह गरेका छन् । यस्तै निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठले पनि शीर्ष भूमिका निभाएका छन् ।

फिल्म कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो । महेशबाबुको लगानी रहेको यो फिल्ममा निर्देशक दिन्शकै स्किृप्ट छ ।

उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालको सम्पादन छ । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ ।

यो शीर्षक चर्चित कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ बाट लिइएको हो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ६ : १३ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ