हिमपातसंँगै बढेको चिसोले डडेल्धुराका बस्ती सुनसान | Khabarhub Khabarhub

हिमपातसंँगै बढेको चिसोले डडेल्धुराका बस्ती सुनसान


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी-गएको बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

जिल्ला सदरमुकामसहितका भेग तथा गान्यापधुरा गाउँपालिका, हगुल्टे, अमरगढी क्षेत्रका पर्यटकीय क्षेत्र तथा आसपासमा पाँच दिन पहिले परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बन्न थालेको हो ।

जिल्लाको उच्च पहाडी क्षेत्रका विभिन्न बस्तीमा हिमपात भएसँग जाडोले स्थानीय बासिन्दालाई सास्ती भएको छ । जाडाले बस्नै नसकिने हुँदा केही स्थानीय बासिन्दा यसअघि नै हिमपात शुरु हुनु पहिले खर्कबाट बेँसीतिर झरिसकेका छन् । पुसदेखि फागुको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।

उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलुखेती गर्छन् । जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् । डडेल्धुराको उच्च पहाडी तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ ।

टेलिफोन र बिजुली नहुँदा समस्या

यसवर्ष हिउँदेयाममा डडेल्धुरा सदरमुकामसहित ग्रामीण बस्तीमा परेको हिमपातका कारण डडेल्धुरा सञ्चार र बिजुलीविहीन बनेको छ । बिहीबारदेखि तापक्रममा आएको गिरावटले इन्टरनेटलगायतका सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

लामो तथा छोटो दूरीका सवारी साधन पनि चल्न गाह्रो भएको छ भने ग्रामीण सडकसमेत अवरुद्ध भएको उग्रतारा डडेल्धुरा यातायात प्रालिले जनाएको छ ।

हिमपातका कारण दर्जनौँ टेलिफोनका टावरहरु नै अवरुद्ध भएको दूरसञ्चार कार्यालय डडेल्धुराले जनाएको छ । मौसम सुधार नआए अझै दुई/तीन दिन इन्टरनेटलगायतका सञ्चार सेवा अवरुद्ध हुनसक्ने कार्यालयका शिवराज बोहराले बताए ।

उता हिमापतका कारण सयौँ ठाउँमा बिजुलीका पोल भाँचिएकाले बिजुली बाल्न अझै केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका पाँच दिनदेखि अन्धकारमय बन्दै गएको छ ।

जिल्लाका विभिन्न स्थानमा भारी हिमपातका कारण पशुचौपायालाई चरनका लागि पनि समस्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ४५ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा