कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद « Khabarhub

कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार देवकुमारी थापाका छानिएका २१ नेपाली कथालाई अङ्ग्रेजीमा अनुवाद गरी सार्वजनिक गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बबरसिंह थापा सेवा गुठी विराटनगरले उनका कथा अनुवाद गरेको हो ।

गुठीले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा विसं २०४६ अघि कथाकार थापाको ‘भविष्य निर्माण’ कथा माध्यमिक तहको पाठ्यक्रम एवं पुस्तकमा समावेश गरी पछि हटाइएकामा साहित्यकारले आपत्ति जनाएकी थिइन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ माया ठकुरीले नेपाली साहित्यलाई विश्वका कुना–कुनामा चिनाउन अङ्ग्रेजी भाषामा अनुदित कृतिले सहयोग गर्ने बताइन् । सन्देशमूलक एवं गुणस्तरीय कृति अनुवाद गर्ने क्रम बढाइनुपर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रा‍ लीला लुइँटेलले कथाकार थापाको विसं २००५ मा प्रकाशित ‘भविष्य निर्माण’ कथालाई नेपाल प्रज्ञा प्रतिष्ठानले विसं २००३ भनी लेखेर सार्वजनिक गरेकामा आपत्ति जनाइन् । अरु साहित्यकारको पनि कृति, नाम, लिङ्गको तथ्य गलत राखेर प्रतिष्ठानले पाठकलाई पनि अन्याय गरेको उनको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यकार प्रमोद प्रधान, कृतिका अनुवादक महेश पौडेल, गुठीका कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य दीनेश श्रेष्ठ लगायतले कथाकार स्वर्गीय थापाले नेपाली साहित्यमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

पुस्तकमा थापाका छानिएका २१ कथा अनुवाद गरिएको छ । कृतिको मूल्य रु २५० छ । कथाकार थापाको विसं २०६८ मा निधन भएपछि २०६९ सालदेखि गुठीले देवकुमारी स्मृति सम्मान वितरण शुरु गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

गुठीले यसअघिदेखि नै बबरसिंह स्मृति सम्मान वितरण गदैँ आएको थियो । दुवै सम्मानको राशि रु ५१ हजारसहित सम्मानपत्र र दोसल्ला दिने गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : १५ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल