मलेसियामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ « Khabarhub

मलेसियामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- मलेसियास्थित  नेपाली दूतावासले क्वालालम्पुरमा विशेष कार्यक्रमको गरेर नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भ गरेको छ ।

दूतावासले मंगलबार एक कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको हो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउनु मलेसियामा कार्यक्रम शुभारम्भ गरिएको दूतावासले जानकारी दिएको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडियालगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिदै नेपालले सफलता पुर्वक पर्यटक वर्ष मनायने धारण राखेका थिए । । पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचारप्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्नेमा मन्त्री केतापीको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारीलगायतका विषयमा प्रकाश पारेका थिए ।

राजदूत पाण्डेले मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै मलेसिया भ्रमण वर्ष २०२० को सफलताको शुभकामनासमेत व्यक्त गरे ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ३० बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको