सडक दुर्घटनामा दुईको मृत्यु | Khabarhub Khabarhub

सडक दुर्घटनामा दुईको मृत्यु


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको बलानबिहुल गाउँपालिका–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीकै कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बदगामा नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतकको हाल नाम, थर, वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ०२ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा