कांग्रेसका जिल्ला सभापति भेलामा देउवाविरुद्ध मोर्चावन्दीको प्रयास | Khabarhub Khabarhub

कांग्रेसका जिल्ला सभापति भेलामा देउवाविरुद्ध मोर्चावन्दीको प्रयास


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला बुधबार फेरि बस्नेगरी आज सकिएको छ ।

महाधिवेशनको मिति तोक्ने र वर्तमान कार्यसमितिको समय एकवर्ष थप्ने बहुमतको निर्णयपछि बोलाइएको भेलामा पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिहरुले सुझाव दिएका छन् ।

असन्तुष्ट जिल्ला सभापतिको भेलालाई संस्थापन पक्षले भने अनावश्यक भनेको छ ।

सभापतिहरुको भेलामा वर्तमान सरकारको कार्यशैलीका बारेमा विरोध गर्नुपर्ने बेलामा पार्टीभित्रै कलह शुरु हुनु गलत रहेको बताएका छन् ।

४५ भन्दा बढि जिल्लाका सभापतिहरुको सोमबारदेखि शुरु भएको भेलामा वरिष्ठ नेता पौडेल र महामन्त्री डाक्टर शशांक कोइरालालाई सभापति देउवासँग परामर्श दिएको नेताहरुको भनाई छ ।

जिल्ला सभापतिहरुको भेला चलिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतका आधारमा गरिएको निर्णय आन्तरिक लोकतन्त्रको अभ्यासका रुपमा लिनुपर्ने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले भने सरकारका गलत कामको खबरदारी गर्ने बेलामा पार्टीभित्रै द्वन्द्व शुरु गरिएको भन्दै सभापतिहरुको भेलालाई अनावश्यक रुपमा उचालिएको बताएका छन् ।

वरिष्ठ नेता पौडेल समुहको मागका विषयमा लचक हुने संकेत गरेका देउवा निकट मानिने सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले महाविधेशनको कार्यतालिका हेरफेर, भातृ संस्थाको नेतृत्व र पार्टीको विभागहरुमा समेत सम्मानजनक भूमिका दिन तयार रहेको बताए ।

जिल्ला सभापतिहरुको भेलाले कमजोर प्रतिपक्षीका रुपमा रहेको नेपाली कांग्रेसमा देखिएको विवाद समाधान गर्न सभापति देउवा समेत अग्रसर हुनुपर्ने आवाज उठेको छ ।

बुधबार सकिने भेलाले केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र बुझाउने आन्तरिक तयारी समेत गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ३७ बजे

डीपीको प्रस्ताव : फागुनको चुनावलगत्तै पार्टीको पहिलो महाधिवेशन गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलगत्तै पार्टीको

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्द– म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ ।

कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छ : नेता शाही

काठमाडौं– नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ

३० बिघा जग्गामा गरिएको गाँजा फँडानी

बागमती– प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको

रास्वपाको स्वीकारोक्ति- मूल्य मान्यता स्थापित गर्न नसक्दा पार्टीमा कैयौँ समस्या बढे

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा मूल्य मान्यता स्थापना गर्ने चक्र