पाचन प्रणाली कमजोर हुनेका लागि ६ टिप्स « Khabarhub

पाचन प्रणाली कमजोर हुनेका लागि ६ टिप्स


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जानेर होस् वा अन्जानमा हामीले खाएका कतिपय खानेकुरा शरीरलाई पचाउन ग्राहो भएको हुन्छ । अर्थात हाम्रो पाचन प्रणालीले सबै प्रकारका खानेकुरा पचाउन सक्दैन । तर यसो हुनुमा कतिपय अवस्थामा पचाउने क्षमता कमजोर हुनु पनि हो ।

अर्थात खानेकुराका कारण पाचन प्रणालीमा समेत समस्या हुने गर्दछ । तसर्थ शरीर स्वस्थ्य बनाउन प्राचन प्रणाली ठिक हुन जरुरी छ । पाचन क्षमता बलियो बनाउन निम्न कुरा त्याग्नु पर्दछ ।

१. अन्यत्र भुलेर नखाने
कहिले काहिँ हामी अन्यत्र भुलेर वा काम गर्दै खादाँ हामी अत्यधिक मात्रामा खानेकुरा खाने गर्दछौ । जसलाई पचाउन गाह्रो हुन्छ । तसर्थ टेलिभिजन हेर्दै, गित सुन्दै वा भलाकुसारी गर्दै खानु हुदैन । यसले हाम्रो पाचन क्षमतामा हानि पार्दछ ।

२. अत्यधिक नखाने
केहि मानिसमा जुनसुकै समयमा जति भए पनि खाने बानि हुन्छ । भर्खर खाना खाएको मानिसले पनि कतै भोज वा भत्तेर भेटेमा फेरी खाने गर्दछन् । सबैमा यो बानि लागु नहुन सक्छ । तर यस्तो बानि छ भने यसलाई तत्काल छाड्नु पर्दछ ।

३. स्वाद लिएर खाने
कुनै पनि खानाको आआफ्नो स्वाद वा विशेषता हुने गर्दछ । तर खाना खाएको बेला यसको स्वादको मिठास लिन सकिएन भने यसबाट प्राप्त हुने आवश्यक मात्राको पौष्टिक सहित खानेकुराको मात्रा समेत असमान हुन्छ । जसले पाचन प्रणाली बिर्गान सक्छ ।

४. साह्रो वा काचो नखानुहोस्
केहि मानिस सारो र काचो खाना खान रुचाउँछन् । तर यसलाई पचाउन हाम्रो पाचन प्रणालीलाई निकै बल पुर्याउँछ । यस्तो अवस्थामा अदुवाको एक टुक्रालाई कागतीको रसमा मिसाई पिएमा जस्तै साह्रो भोजन पनि पच्ने गर्दछ ।

५. चिसो पेय नपिउनुहोस्
केहि मानिसमा चिसो पेय पर्दाथ अर्थात कोल्ड ड्रिंकको सेवन गर्ने लत झै हुन्छ । तर पाचन प्रणालीका लागी यो सबैभन्दा हानिकारक मानिन्छ । साथै बजारमा पाइने फास्टफूडको सेवन पनि पाचन प्रणालीका लागी लाभदायक मानिदैन । यसले हाम्रो शरीरमा नराम्रो कोलोस्टोरको मात्रा बढाउँनुका साथै वोसो समेत बढाउँछ ।

६. सहि समयमा भोजन
पाचन प्रत्रृmया दुरुस्त राख्न सहि समयमा भोजन गर्न आवश्यक हुन्छ । साथै नियमित दिनचर्याको समेत पालना गर्नुपर्दछ । अर्थात विहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खाना समयमा खानु पर्दछ । सकेसम्म बिहान ८ बजे अगावै खाजा खाने, ११ बजे भित्र खाना खाने, दिउँसो २ बजे खाजा खाने र साझँ ५ बजे हल्का फल खाएर बेलुकीको खाना ८ बजे भित्र खाइसक्नु पर्छ । यसो गर्नाले शरीरको पाचन प्रणाली तन्दरुस्त रहन्छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : १९ बजे

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा