न्यूयोर्कमा नेपाली समुदायद्वारा बैंक संचालन « Khabarhub

न्यूयोर्कमा नेपाली समुदायद्वारा बैंक संचालन


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको न्यूयोर्कमा  रहेका नेपाली समुदायहरु मिलेर आफ्नै बैंक संचालनमा ल्याएका छन्।

नेपाली समुदायहरुले गत अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन्।

करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो।

बैंक संचालनमा आएपछि यहाँ रहेका नेपालीलाई उद्यमशील बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ।

अमेरिकामा शाखाखोल्ने लक्ष्य सहितक्रेडिट समिति, सुपरीवेक्षण समितिलगायत विभिन्न उपसमितिसमेत बनाएर काम गरिरहेका छौं, कार्य समितिका सचिव अन्जन श्रेष्ठले भने, ‘यस बैंकको मुख्य लक्ष्य नेपाली समुदायकाे आर्थिक उपलब्धी तथा उनीहरुलाई बैंकिङ क्षेत्रमा सहजता प्रदान गर्नु् हो ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति कोषाध्यक्ष विराज रिजालले अमेरिकामा रहेका सबै नेपालीलाई शेयर किनेर बैंक धनी बन्न सुझाएका छन्। यो बैंकको शेयर किन्नु भनेको यस बैंकको धनी बन्नु हो, अनि डिभिडेन्टका लागि भागिदार हुनु हो।

प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकले अहिले १० हजार डलर बराबर व्यक्तिगत ऋण उपलब्ध गराई रहेको जानकारी समेत दिएका छन्।

यस बैंकमा खाता हुने सदस्यले मात्रै कर्जा र अन्य कारोबार गर्न पाउनेछन्। अहिले करिव दुई सय सदस्यबाट तीन हजार डलरका दरले शेयर उठाइएको छ। बैंकले नेपाली समुदायबाट एक सय मिलियन डलर जम्मागर्ने र सोही अनुसारको कारोबार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ६ : ०१ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर