कोपा डेल रे फुटबल : बार्सिलोना र रियल मड्रिड क्वार्टरफाईनलमै पराजित « Khabarhub

कोपा डेल रे फुटबल : बार्सिलोना र रियल मड्रिड क्वार्टरफाईनलमै पराजित


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमै पराजित भएका छन् ।

बिहीबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको हो ।

बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–० ले पराजित भयो । बार्सा लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सीमित बन्यो ।

खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटको आत्मघाति गोल बार्सिलोनालाई प्रतियोगिताबाट बाहिर पुर्‍याउन पर्याप्त रह्यो ।

अर्को खेलमा रियल मड्रिड भने रियल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित बन्यो । सोसिडाडका मार्टिन ओडिगार्डले माउ क्लबबिरुद्व गोल गर्दै रियल मड्रिडलाई क्वार्टरफाईनलबाटै घर फर्काए ।

दुई बर्षको लोनमा रहेका नर्वेजियन मिडफिल्डरको पहिलो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए। अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता दोब्बर बनाउने काम गरे । दुई मिनेपछि अर्को गोल थप्दै ईसाकले सोसिडाडलाई ३–० को स्थितिमा पुर्‍याएका थिए ।

मार्सेलो र रोड्रिग्वोले मड्रिड क्लबका लागि गोल गर्दै पुनरागमनको आश देखाएका थिए । मिकेल मोरिनोले सोसिडाडको तर्फबाट एक गोल थपेका थिए । खेलको अन्तिममा नाचोले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरे ।

जिनेदिन जिदानको टिम ला लिगाको शीर्ष स्थानमा छ । मड्रिड क्लबले २२ खेलमा मात्र १३ गोल मात्र ब्यहोरेको छ । र कोपा डेल रेको क्वार्टरफाईनलमा मड्रिड क्लबले ४ गोल ब्यहोर्न पुग्यो । मड्रिड क्लब २१ खेलमा अपराजित थियो ।

सन् २०१० पछि पहिलो पटक कोपा डेल रेको फाईनल बार्सिलोना र रियल मड्रिड बिनाको हुने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ४३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका