हरेक वर्ष थपिँदै तीन हजार नयाँ कुष्ठरोगी « Khabarhub

हरेक वर्ष थपिँदै तीन हजार नयाँ कुष्ठरोगी


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ ।

कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्तरूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो ।

कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको सङ्ख्या झण्डै एक लाख ९५ हजार र हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम पनि निरन्तर रहेको अध्ययनमा जनाइएको छ ।

तीन वर्षको अवधिमा प्रति एक लाख जनसङ्ख्यामा नयाँ बिरामीको चाप प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश नं २ मा आर्थिक वर्ष २०७३/७४ मा १८ दशमलव ७९ , २०७४/७५ मा १९ दशमलव ७७ प्रतिशत र २०७५/७६ मा झन् बढेर २४ दशवलव २८ पुगेको देखिन्छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा आव २०७३/७४ मा आठ दशमलव १५ प्रतिशत, २०७४/७५ मा सात दशमलव ५१ प्रतिशत र २०७५/७६ मा नौ दशमलव २८ प्रतिशत पुगेको छ । अस्पतालमा उपचार गराएका कुष्ठरोगीको सङ्ख्या हालसम्म २१ हजार ३३९ पुगेको छ ।

सन् २०१८ मा अस्पतालमा नयाँ बिरामी १५०, औषधि खाने ३७२, मिसनले विशेष उपचारका लागि सिफारिश गरेका सङ्ख्या ६९, पुनः अङ्ग फेर्ने वा हटाउने चिरफार गरिएको ११३ तथा सामान्य चिरफार गरिएको दुई हजार १२४ र अस्पतालमा भर्ना भई उपचार गराएको सङ्ख्या ८६५ रहेको अस्पतालले जनाएको छ ।

तीन वर्षको उपचारमा रहेका बिरामीको चापमा प्रदेश नं २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा बढी रहेको देखिन्छ । प्रदेश २ मा आव २०७३/७४ र २०७४/७५ मा ३४ र २०७५/७६ मा ४० प्रतिशत पुगेको अध्ययनले देखाएको छ ।

वाग्मती प्रदेशमा आव २०७३/७४ र २०७४/७५ मा छ प्रतिशत र २०७५/७६ मा १० प्रतिशत रोगी सङ्ख्या बृद्धि भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा आव २०७३/७४ र २०७४/७५ मा आठ र २०७५/७६ मा बढेर १० प्रतिशत पुगेको जनाइएको छ ।

चिकित्सकका अनुसार सो रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ । खासगरी छाला र नशामा असर गर्ने गरेको कुष्ठरोग विशेषज्ञ डा महेश शाहले बताए ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५/७६ मा पत्ता लागेका नयाँ बिरामीको सङ्ख्या तीन हजार २८२ रहेको थियो । हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : ५६ बजे

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको