प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको निर्णय « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको निर्णय


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

बिहीबार(हिजो) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो ।

ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा तर्ता गरेको थियो ।

आफ्ना पार्टीका उपसभापति विरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको आरोप लगाउँदै कांग्रेसले विहीवार(हिजो) संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुक्रवारसम्मका लागि स्थगित गरेका थिए ।

प्रमुख प्रतपक्षी नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ३६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका