चिनियाँ राष्ट्रपतिद्वारा कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ घोषणा « Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ घोषणा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ को घोषणा गरेका छन् । चीनको सरकारी समचार संस्था सिन्ह्वाले जनाएअनुसार राष्ट्रपति सीले बिहीबार जनयुद्धको घोषणा गरेका हुन् ।

‘पुरै मुलुकले आफ्नो क्षमता प्रयोग गरी व्यापक एवं कठोर रुपमा महामारी नियन्त्रण तथा निवारणका लागि काम गर्दै कोरोनाभाइरसविरुद्ध जनयुद्धको शुरु गरेको छ,’ सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको जनाइएको छ । शुक्रबार बिहानमात्र चीनमा अरु ६९ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि बिहीबार कोरोनाभाइरसबाट ७३ जनाको ज्यान गएको थियो । यो सँगै कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।

यस्तै, कोरोनाभाइरसको संक्रमण पनि थप मानिसहरुमा फैलिँदै गएको छ । पछिल्लो पटक २५ सय जनामा कोरोनाभाइरसको संक्रमण फेला परेसँगै यसबाट संक्रमितको सङ्ख्या ३० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाभाइरसबाट चीनबाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको तथा यसको संक्रमण २३ मुलुकका १५० जनामा फेला परिसकेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : २६ बजे

लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच