फ्राइडे रिलिज: ‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा « Khabarhub

फ्राइडे रिलिज: ‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन् । पछिल्लो समय चर्चामा रहेका फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शनमा आएका हुन् ।

विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा गुण्डागर्दीको साङ्लोमा उनिएको एक समूहको कथा देखाइएको छ । फिल्ममा विराज भट्ट, निकिता चाण्डक, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा एक्सन, रोमान्स र प्रेमकथा देख्न सकिन्छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ’ मा एक हास्यकलाकारको कथा देख्न सकिन्छ । विपिन कार्कीको शीर्ष भूमिका रहेको यो फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा बाबुछोराको प्रेमकथा देखाइएको छ । बाबुछोराको भावनात्मक सम्बन्ध देखाइएको यो फिल्मको गत बुधवार प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्म रुचाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : २७ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार