अख्तियार घेराउ गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ « Khabarhub

अख्तियार घेराउ गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललित निवास (कम्पाउण्ड)को जग्गा प्रकरणमा दायर भएको मुद्दामा पहुँचवालाई अन्मुक्ति खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा विरोध प्रदर्शन गर्न गएकालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई जोगाउन खोजिएको विरोधमा सिटी जुलुस निकाल्न गएका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका अनुसार बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘शुरु गरेको राम्रो कामको स्वागत’ तथा केही नेताहरुलाई जोगाउन खोजेको भन्दै विरोध जनाउने क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् ।

संयोजक मिश्रले साझा पार्टीकी बाग्मती प्रदेश संयोजक समिक्षा वास्कोटासहित नेताहरु नारायण कोइराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, अब्दुस मिया लगायत पक्राउ परेका जानकारी दिएका छन् ।

बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बुधबार मात्रै १ सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा १ सय १० जनाले भ्रष्टाचार गरेको भन्दै बिगोसहित कैद सजाय मागदाबी गरिएको छ भने ६५ जनालाई सम्पत्ति तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ३० बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा