कांग्रेस गच्छदारको ‘बचाउ’मा लाग्दा संसद वैठक २ दिनका लागि स्थगित « Khabarhub

कांग्रेस गच्छदारको ‘बचाउ’मा लाग्दा संसद वैठक २ दिनका लागि स्थगित


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरेपनि बैठक शुरु हुन सकेन ।

संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।

संसदमा कांग्रेसको प्रश्न– अख्तियारले सरकार पक्षका लागि बोक्ने, विरोधीलाई ठोक्ने गर्न मिल्छ ?

गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेको थियो ।

बिहीबार कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ५३ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा