जेलमा रहेका अभियुक्त छुटाइदिने भन्दै ४२ लाख लिने वकिल पक्राउ « Khabarhub

जेलमा रहेका अभियुक्त छुटाइदिने भन्दै ४२ लाख लिने वकिल पक्राउ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेलमा रहेका अभियुक्तलाई ‘सेटिङ मिलाएर’ छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका एकजना कानून व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिवक्ता टंकबहादुर रानामगर छन् । जनन्यायिक कानूनी सेवा नामक कानून परामर्श केन्द्रका सञ्चालक समेत रहेका अधिवक्ता रानामगरले राजश्व छलिको अभियोगमा थुनामा रहेका अभियुक्तलाई छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएको देखिएको छ ।

अभियुक्तका परिवारले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले रानामगरलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले अधिवक्ता रानामगरलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘सेटिङ मिलाएर जेलबाट छुटाइदिन्छु भन्दै जेलमा रहेका अभियुक्तका परिवारबाट ४२ लाख रुपैयाँ लिएको देखिएको छ । यो रकम वकालत गरेको खर्च हैन । सिधै सेटिङ मिलाइदिन्छु भन्दै घुसको रुपमा लिएको देखिएको छ,’ एसएसपी थापाले भने ।

अपराध महाशाखा स्रोतका अनुसार अधिवक्ता रानामगरले हाल नख्खु कारागारमा थुनामा रहेका रमेश दाहालसँग ४५ लाख रुपैयाँ लिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २७ मंसिर २०७५ मा राजश्व छलि गरेको गरेको अभियोगमा रमेश दाहालसहित ४ जनालाई पक्राउ गरेको थियो ।

सीआईबीको अनुसन्धानबाट रमेशसहितका दिनेश शिवाकोटी, जियनारायण श्रेष्ठ, रमेश दाहाल र शरद रिजालसहितका व्यक्तिले भेट्टाएको नागरिकताका आधारमा कम्पनी दर्ता गरी ६८ करोड रुपैयाँ बराबरको कर छलि गरेको भेटिएको थियो ।

पछि अदालतले दाहालसहितलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

प्रहरीका अनुसार अदालतको आदेशानुसार रमेश जेल चलान भएपछि अधिवक्ता रानामगरले सेटिङ मिलाएर उनलाई छुटाइदिने भन्दै परिवारबाट ४२ लाख रुपैयाँ लिएका थिए ।

४२ लाख रुपैयाँ लिएर गएका अधिवक्ता रानामगर लामो समयसम्म सम्पर्कविहीन बनेको र रमेश पनि जेलबाट नछुटेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : २३ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा