अमेरिकी कारबाहीमा अल कायदाका वरिष्ठ नेता मारिएको घोषणा « Khabarhub

अमेरिकी कारबाहीमा अल कायदाका वरिष्ठ नेता मारिएको घोषणा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा सक्रिय आतंकवादी संगठन अल कायदाका नेता मारिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अरबी प्रायद्विपमा अल कायदा’ का नेता कसिम अल रायमी मारिएको घोषणा गरेका हुन् ।

उनले रायमीको नेतृत्वमा अल कायदाले यमनी जनता तथा अमेरिका एवं अमेरिकी फौजविरुद्ध ‘अकल्पनीय’ हिंसा मच्चाएको समेत उल्लेख गरेका छन् । उनले रायमी कुन अमेरिकी कारवाहीमा, कहाँ मारिएका भन्नेबारे केही उल्लेख गरेका छैनन् । यद्यपि पछिल्लो समय यमनको मरिब शहरनजिक अमेरिकी ड्रोन कारवाहीमा रायमीको ज्यान गएको अपुष्ट समाचार सार्वजनिक भएका थिए ।

रायमीको अन्त्यले यमन तथा विश्वभर नै अल कायदाको गतिविधिलाई कमजोर बनाउने र यस्ता समूहले अमेरिकी राष्ट्रिय सुरक्षामा पार्ने जोखिम घटाउने ट्रम्पको विश्वास छ ।

कुख्यात आतंककारी नेता ओसामा बिन लादेनले स्थापना गरेको अरबी प्रायद्विपमा अल कायदा विश्वव्यापी अल कायदा संगठनको सबैभन्दा घातक गुट मानिन्छ । अरबी प्रायद्विपमा अल कायदाले गृहयुद्धमा फसिरहेको यमनको व्यापक भूभागमा समेत नियन्त्रण जमाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ३६ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष