अमेरिकी कारबाहीमा अल कायदाका वरिष्ठ नेता मारिएको घोषणा « Khabarhub

अमेरिकी कारबाहीमा अल कायदाका वरिष्ठ नेता मारिएको घोषणा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा सक्रिय आतंकवादी संगठन अल कायदाका नेता मारिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अरबी प्रायद्विपमा अल कायदा’ का नेता कसिम अल रायमी मारिएको घोषणा गरेका हुन् ।

उनले रायमीको नेतृत्वमा अल कायदाले यमनी जनता तथा अमेरिका एवं अमेरिकी फौजविरुद्ध ‘अकल्पनीय’ हिंसा मच्चाएको समेत उल्लेख गरेका छन् । उनले रायमी कुन अमेरिकी कारवाहीमा, कहाँ मारिएका भन्नेबारे केही उल्लेख गरेका छैनन् । यद्यपि पछिल्लो समय यमनको मरिब शहरनजिक अमेरिकी ड्रोन कारवाहीमा रायमीको ज्यान गएको अपुष्ट समाचार सार्वजनिक भएका थिए ।

रायमीको अन्त्यले यमन तथा विश्वभर नै अल कायदाको गतिविधिलाई कमजोर बनाउने र यस्ता समूहले अमेरिकी राष्ट्रिय सुरक्षामा पार्ने जोखिम घटाउने ट्रम्पको विश्वास छ ।

कुख्यात आतंककारी नेता ओसामा बिन लादेनले स्थापना गरेको अरबी प्रायद्विपमा अल कायदा विश्वव्यापी अल कायदा संगठनको सबैभन्दा घातक गुट मानिन्छ । अरबी प्रायद्विपमा अल कायदाले गृहयुद्धमा फसिरहेको यमनको व्यापक भूभागमा समेत नियन्त्रण जमाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ३६ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी