अमेरिकी कारबाहीमा अल कायदाका वरिष्ठ नेता मारिएको घोषणा | Khabarhub Khabarhub

अमेरिकी कारबाहीमा अल कायदाका वरिष्ठ नेता मारिएको घोषणा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा सक्रिय आतंकवादी संगठन अल कायदाका नेता मारिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार विज्ञप्ति जारी गर्दै ‘अरबी प्रायद्विपमा अल कायदा’ का नेता कसिम अल रायमी मारिएको घोषणा गरेका हुन् ।

उनले रायमीको नेतृत्वमा अल कायदाले यमनी जनता तथा अमेरिका एवं अमेरिकी फौजविरुद्ध ‘अकल्पनीय’ हिंसा मच्चाएको समेत उल्लेख गरेका छन् । उनले रायमी कुन अमेरिकी कारवाहीमा, कहाँ मारिएका भन्नेबारे केही उल्लेख गरेका छैनन् । यद्यपि पछिल्लो समय यमनको मरिब शहरनजिक अमेरिकी ड्रोन कारवाहीमा रायमीको ज्यान गएको अपुष्ट समाचार सार्वजनिक भएका थिए ।

रायमीको अन्त्यले यमन तथा विश्वभर नै अल कायदाको गतिविधिलाई कमजोर बनाउने र यस्ता समूहले अमेरिकी राष्ट्रिय सुरक्षामा पार्ने जोखिम घटाउने ट्रम्पको विश्वास छ ।

कुख्यात आतंककारी नेता ओसामा बिन लादेनले स्थापना गरेको अरबी प्रायद्विपमा अल कायदा विश्वव्यापी अल कायदा संगठनको सबैभन्दा घातक गुट मानिन्छ । अरबी प्रायद्विपमा अल कायदाले गृहयुद्धमा फसिरहेको यमनको व्यापक भूभागमा समेत नियन्त्रण जमाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ३६ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा