अमेरिकी राष्ट्रपतीय निर्वाचन : आयोवा ककसमा मेयर पिट बुटेजेज विजयी « Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचन : आयोवा ककसमा मेयर पिट बुटेजेज विजयी


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डे मोइन– आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तर्गत डेमोक्र्याटिक पार्टीको उम्मेद्वार मनोनयन गर्नका लागि अमेरिकाका प्रत्येक राज्यमा आयोजना हुने ‘ककस’ तथा ‘प्राइमेरी’ अन्तर्गत आयोवा राज्यमा भएको पहिलो ककसमा इण्डियाना राज्यको साउथ बेण्ड शहरका मेयर पिट बुटेजेज विजयी भएका छन् ।

अत्यन्त विवादास्पद बनेको आयोवा ककसमा उनले भर्मन्ट राज्यका सिनेटर बर्नी स्याण्डर्सलाई झिनो अन्तरले पराजित गरेका हुन् । ३८ वर्षे समलिङ्गी मेयर बुटेजेजले ५ सय ६४ तथा सिनेटर स्याण्डर्सले ५ सय ६२ डेलिगेसन जितेका आयोवा राज्यको डेमोक्र्याटिक पार्टीले जनाएको छ ।

गत फेब्रुअरी ३ मा आयोजना गरिएको आयोवा ककसको मतगणनाका क्रममा प्रयोग भएको एप्लिकेशनमा खराबी आएको भनिएपछि विवादास्पद बनेको थियो । सोही कारण ककस सकिएलगत्तै आउनुपर्ने पूर्ण नतिजा सार्वजनिक हुन बिहीबार अबेरसम्मको समय लागेको थियो । यसअघि मेयर बुटेजेजले नतिजा सार्वजनिक हुनुअघि नै आफूलाई ककसको विजेता घोषणा गरेका थिए ।

सिनेटर स्याण्डर्सका समर्थकले स्याडो नामक कम्पनीले विकास गरेको उक्त एप्लिकेशन निर्माता कम्पनीलाई बुटेजेजको चुनावी अभियानले आर्थिक सहयोग गरेको र सोही कारण ककसमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

आयोवा ककसमा विजयी भएसँगै मेयर बुटेजेजले आयोवा राज्यलाई धन्यवाद दिँदै आफ्नो समर्थनमा आउन अमेरिकीहरुसमक्ष आह्वान गरेका छन् । अर्कोतर्फ सिनेटर स्याण्डर्सको चुनावी अभियानले भने आयोवा ककसमा अनियमितता भएको भन्दै नतिजा विश्वासयोग्य नरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ५५ बजे

नेपाली यू–२० महिला टिमले चाइना युनानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र शहीदका सपना पूरा हुन्छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य र

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं– नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि