१५ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका सुवास भन्छन् : जुनसुकै पोजिसनमा पनि खेल्न तयार छु « Khabarhub

१५ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका सुवास भन्छन् : जुनसुकै पोजिसनमा पनि खेल्न तयार छु


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ खेल्ने नेपाली टोलीको वैकल्पिक खेलाडीको सूचिमा रहेका सुभास खकुरेलले १५ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

राष्ट्रिय टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर चोटका कारण टोलीबाट बाहिरिएपछि सुभासले पुनरागमनको अवसर पाएका हुन् ।

यसअघि सुभासले २०१८ मा मलेसियामा भएको एसिया कप क्वालिफायर खेलेका थिए । त्रिकोणात्मक शृङ्खलाको पहिलो खेल ओमानसँग खेल्ने क्रममा शरदले चोट बोकेका थिए । उक्त चोट पछि चिकित्सकको सल्लाहबमोजिम उनलाई टोलीमा स्थान दिइएको हो ।

शरद भेषावकरले ओमानसँगको खेलमा ५५ रनको योगदान गरेका थिए ।

शरदको स्थानमा सुभासलाई ल्याउन नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्र पठाएको क्यानका प्रवक्ता असोकनाथ प्याकुरेलले बताए ।

‘टिम व्यवस्थापनले शरदको ठाउँमा सुभासलाई प्रस्ताव गरेको छ । हामीले त्यसलाई प्रक्रिया पुर्‍याएर आईसीसीलाई पत्र पठाएका छौं,’ प्रवक्ता प्याकुरेलले भने,‘अब आज शुक्रबार भइहाल्यो, आईसीसी नै बन्द छ । तर, पनि बैकल्पिक खेलाडीलाई टोलीमा ल्याउन त्यस्तो समस्या हुँदैन होला ।’

प्याकुरेलले आईसीसीको पत्र नआए म्याच रेफ्रीसँग समन्वय गरेर खेलाउने तयारीमा रहेको बताएका छन् । ‘पत्र पठाइसकिएको छ । त्यसका समस्या हुनु पर्ने होइन । तर, भोलि शनिबार म्याच रेफ्रीसँग समन्वय गरेर खेलाउनु पर्ला,’ उनले भने ।

खकुरेल टोलीमा आएसँगै नेपाली टोलीमा अमेरिकाविरुद्धको खेलमा ब्याटिङ अर्डर केही तलमाथि हुने भएको छ ।

यसअघि ओमानसँगको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले ओपनिङ सम्हालेका थिए । तर, नेपालका लागि ओपनिङ ब्याटिङ गर्दै आएका सुभास टोलीमा आएसँगै अब पारस खड्का ‘वान डाउन’ मा खेल्ने चर्चा हुन थालेको छ ।

‘सुभास ओपनिङमा खेल्दै आएका खेलाडी हुन् । उनी टोलीमा परेसँगै प्लेइङ ११ मा पर्दा उनी ओपनिङमै खेल्छन्,’ खबरहबस्रोतले भन्यो, ‘सुभासले नखेले मात्रै हो । नभए उनी ओपनिङमै खेल्छन् ।’

खबरहबसँगको कुराकानीमा सुवासले भने आफू जुन फर्म्याटमा खेल्न पनि तयार रहेको बताए । ‘मेरो प्लेइङ पोजिसन भनेकै ओपनिङ हो । तर, ओपनिङ नै पाउनुपर्छ र पाउँछु भन्ने होइन । जुनमा दिएपनि म तयार छु,’ सुवासले भने ।

खबरहबसँगको कुराकानीको क्रममा खकुरेलले १५ महिना पछि टोलीमा फर्किन पाउँदा खुसी लागेको बताए ।

नेपाल र अमेरिकाको खेल शनिबार बिहान साढे ९ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : ५१ बजे

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी

गोरखामा बसको ठक्करबाट वृद्धाको मृत्यु

गोरखा– गोरखामा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक, मधेश–तराईको सुरक्षा अवस्थाबारे छलफल

काठमाडौं– समसामयिक राष्ट्रिय विषय, समग्र शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षासँग

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा