सञ्चारमन्त्री बाँस्कोटाको भनाइमा उद्योगपति चौधरीको टिप्पणी : ‘मन्त्रीलाई नै ज्ञान नहुनु दुःखद’ « Khabarhub

सञ्चारमन्त्री बाँस्कोटाको भनाइमा उद्योगपति चौधरीको टिप्पणी : ‘मन्त्रीलाई नै ज्ञान नहुनु दुःखद’


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिकमको लाइसेन्सका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दिएको अभिव्यक्तिप्रति उद्योगपति तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले कडा टिप्पणी गरेका छन् ।

विहीबार मन्त्री बाँस्कोटाले सीजी टेलिकम्युनिकेसनले २० अर्ब रुपैयाँ चुक्ता गरे लाइसेन्स दिने बताएका थिए । उनले उद्योगपति चौधरीलाई प्रक्रिया पुर्‍याएर २० अर्ब रुपैयाँ तिरे जिएसएम मोबाइलको लाइसेन्स लिन सक्ने बताएका थिए ।

मन्त्री बाँस्कोटाको अभिव्यक्ति आएको भोलिपल्ट शुक्रबार उद्योगपति चौधरीले उनको भनाइमा कडा टिप्पणी गरेका हुन् । चौधरीले राज्यले नै सो रकम १० वर्षमा फरक-फरक किस्तामा तिर्ने ब्यवस्था मिलाएको जनाएका छन् ।

राज्यले मिलाएको व्यवस्थाबारे तालुकदार मन्त्रीले नै ज्ञान नराख्नु दुःखद भएको भन्दै चौधरीले ट्वीटरमा लखेका छन्-

माननीय सञ्चारमन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दु:खद छ।

सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु।

सीजी टेलिकम्यूनिकेसनको लाइसेन्स सम्बन्धमा चौधरी ग्रुपले आइतवार पत्रकार सम्मेलन गरी थप स्पष्ट पार्ने जनाएको छ।

यो पनि पढौं

बिनोद चौधरीले २० अर्ब तिरे टेलिकमको लाइसेन्स पाउँछन्ः मन्त्री बाँस्कोटा

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ७ : ०७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब