राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद « Khabarhub

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् ।

संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो।

सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै राष्ट्रपति एर्दोगानको कडा आलोचना गरेपछि संसदभित्रै पिटिएका हुन् ।

ओजकोकले राष्ट्रपतिलाई एर्दोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए । उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहार गरे ।

केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका दृश्य टर्कीको टेलिभिजन हाबरर्तुकले देखाएको थियो ।

राष्ट्रपतिको आलोचना गर्ने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ५२ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट