कोरोनाभाइरस : ५७ हजार मानिस निको भएर घर फर्किए, ठीक हुने दर ९४ प्रतिशत | Khabarhub Khabarhub

कोरोनाभाइरस : ५७ हजार मानिस निको भएर घर फर्किए, ठीक हुने दर ९४ प्रतिशत


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् ।

मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन नसकेको तथ्य हो ।

गुमेको प्राण फेरी भर्न नसके पनि सिकिस्त अवस्थाका बिरामीलाई भने चिकित्सा विज्ञानले ठीकठाक गरिरहेको छ ।

गत डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ९५ भन्दा बढि मुलुकमा पुगिरहँदा ३४ सय भन्दा बढिको मृत्यु भएको छ ।

मृतक मध्ये ८८ प्रतिशत चिनियाँ नागरिक छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म मृत्यु भएका ३४ सय ९४ जनामध्ये ३ हजार ७० जना चिनियाँ नागरिक हुन् ।

कोरोना भाइरसबाट ज्यान गुमाएका अरु १२ प्रतिशत मानिस १७ देशका छन् । चीन बाहिर ४ सय ४१ जनाको मृत्यु भएको हो ।

संसारभर १ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएर अस्पतालका शैयामा थलिदा  आफन्तमा छटपटी ब्याप्त छ ।

कोरोनाको संक्रमणबाट ज्यान गुमाउँने मानिसहरुको समाचार क्षणक्षणमा डढेलोझैं फैलिरहँदा मानिसहरु त्रस्त छन् ।

तर संक्रमण फैलिएको साढे २ महिनामा मानिसहरु कोरोनाभाइरसका कारण मरेका मात्रै छैनन् उपचारपछि हजारौं ठीकठाक भएर घर पनि फर्किएका छन् ।

विश्वस्वास्थ्य संगठन (डब्लूएचओ ) अनुसार संक्रमित भएकामध्ये मृत्यु हुनेको दर ६ प्रतिशत छ भने उपचारपछि ठीक हुने ९४ प्रतिशत छन् ।

कोरोनाबाट संक्रमित भएका १ लाख २ हजार ४८ जना मानिसमध्ये ५७ हजार ६ सय ९ जना  मानिस उपचारपछि घर फर्किएका छन् ।

४० हजार ९ सय ४५ जना उपचारारत छन् । यीमध्ये ८४ प्रतिशत अर्थात ३४ हजार ५ सय ४४ जनाको अवस्था सामान्य रहेपनि १६ प्रतिशत अर्थात ६ हजार ४ सय १ जनाको अवस्था भने नाजुक छ ।

संक्रमण अरु मानिसहरुमा नफैलियोस् भनेर सामान्य विरामी भन्दा फरक तवरले आइसोलेसन अर्थात छुट्टै राखेर उपचार भइरहेको छ ।

चीनमा ५५ हजार मानिस निको भए

कोरोनाले हायलकायलको अवस्थामा पुगेको चीनमा ८० हजार ६ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण देखिए पनि ५५ हजार ४ सय २ जना मानिस निको भएर घर फर्किएका छन् ।

२१ हजार १ सय ७९ जनाको चीनका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यसमध्ये ५ हजार ७ सय ३७ जना सिकिस्त अवस्थामा छन् ।

३ हजार ७० जनाको भने मृत्यु भएको छ। सिकिस्त अवस्थामा रहेका ५ हजार ७ सय भन्दा बढि मानिसको संख्याले मृत्यु हुनेको संख्या बढ्न सक्ने अड्कलबाजी गरिएका छन् । एक सातादेखि भने चीनमा कोरोनाबाट संक्रमित हुनेको दर घट्दै गएको छ ।

चीनपछि सबै भन्दा बढि कोरोनाको संक्रमण दक्षिण कोरियामा फैलिएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ४३ मात्रै भए पनि संक्रमित हुनेको संख्या ६ हजार ६ सय छ ।

६ हजार ४ सय १५ जनाको उपचार जारी रहँदा १ सय ३५ जना निको भएका छन् । ५२ जना सिकिस्त छन् ।

इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण देखिएकोमा ९ सय १३ जना उपचारपछि घर फर्किएका छन् ।

१ सय २४ जनाको मृत्यु भएको छ । उपचारारत ३ हजार ७ सय १० जनाको अवस्था सामान्य नै रहेको इरानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएकोमा हाल ३९ सय १६ जनाको उपचार चलिरहेको छ । ५ सय २३ जना निको भएर घर फर्किएका छन् भने १ सय ९८ जनाको मृत्यु भएको छ ।

यस्तै सिंगापुरमा कोरोनाको संक्रमण देखिएका १ सय ३० जनामध्ये ८२ जना निको भएका छन् । ४८ जनाको उपचार भइरहेको छ ।

सिंगापुरमा कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन । यद्यपी उपचारारतमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

भियतनाममा १७ जनामा संक्रमण देखिएकोमा १६ जना निको भएका छन् १ जनाको उपचार भइरहेको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट उपचारारत ४० हजार ९ सय ४५ मध्ये ६ हजार ४ सय १ जनाको अवस्था गम्भीर रहे पनि बाँकीको अवस्था सामान्य हुँदै गएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : २६ बजे

बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह

ढाका– बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी

वीरगञ्जमा फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज– वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि

सदरमुकाममा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम

बैतडी– जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन

१० निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं– १० वटा निर्माण कम्पनी कालोसूचीमा परेको छ । सार्वजनिक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका