कोरोनाभाइरस : ५७ हजार मानिस निको भएर घर फर्किए, ठीक हुने दर ९४ प्रतिशत « Khabarhub

कोरोनाभाइरस : ५७ हजार मानिस निको भएर घर फर्किए, ठीक हुने दर ९४ प्रतिशत


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् ।

मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन नसकेको तथ्य हो ।

गुमेको प्राण फेरी भर्न नसके पनि सिकिस्त अवस्थाका बिरामीलाई भने चिकित्सा विज्ञानले ठीकठाक गरिरहेको छ ।

गत डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ९५ भन्दा बढि मुलुकमा पुगिरहँदा ३४ सय भन्दा बढिको मृत्यु भएको छ ।

मृतक मध्ये ८८ प्रतिशत चिनियाँ नागरिक छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म मृत्यु भएका ३४ सय ९४ जनामध्ये ३ हजार ७० जना चिनियाँ नागरिक हुन् ।

कोरोना भाइरसबाट ज्यान गुमाएका अरु १२ प्रतिशत मानिस १७ देशका छन् । चीन बाहिर ४ सय ४१ जनाको मृत्यु भएको हो ।

संसारभर १ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएर अस्पतालका शैयामा थलिदा  आफन्तमा छटपटी ब्याप्त छ ।

कोरोनाको संक्रमणबाट ज्यान गुमाउँने मानिसहरुको समाचार क्षणक्षणमा डढेलोझैं फैलिरहँदा मानिसहरु त्रस्त छन् ।

तर संक्रमण फैलिएको साढे २ महिनामा मानिसहरु कोरोनाभाइरसका कारण मरेका मात्रै छैनन् उपचारपछि हजारौं ठीकठाक भएर घर पनि फर्किएका छन् ।

विश्वस्वास्थ्य संगठन (डब्लूएचओ ) अनुसार संक्रमित भएकामध्ये मृत्यु हुनेको दर ६ प्रतिशत छ भने उपचारपछि ठीक हुने ९४ प्रतिशत छन् ।

कोरोनाबाट संक्रमित भएका १ लाख २ हजार ४८ जना मानिसमध्ये ५७ हजार ६ सय ९ जना  मानिस उपचारपछि घर फर्किएका छन् ।

४० हजार ९ सय ४५ जना उपचारारत छन् । यीमध्ये ८४ प्रतिशत अर्थात ३४ हजार ५ सय ४४ जनाको अवस्था सामान्य रहेपनि १६ प्रतिशत अर्थात ६ हजार ४ सय १ जनाको अवस्था भने नाजुक छ ।

संक्रमण अरु मानिसहरुमा नफैलियोस् भनेर सामान्य विरामी भन्दा फरक तवरले आइसोलेसन अर्थात छुट्टै राखेर उपचार भइरहेको छ ।

चीनमा ५५ हजार मानिस निको भए

कोरोनाले हायलकायलको अवस्थामा पुगेको चीनमा ८० हजार ६ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण देखिए पनि ५५ हजार ४ सय २ जना मानिस निको भएर घर फर्किएका छन् ।

२१ हजार १ सय ७९ जनाको चीनका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यसमध्ये ५ हजार ७ सय ३७ जना सिकिस्त अवस्थामा छन् ।

३ हजार ७० जनाको भने मृत्यु भएको छ। सिकिस्त अवस्थामा रहेका ५ हजार ७ सय भन्दा बढि मानिसको संख्याले मृत्यु हुनेको संख्या बढ्न सक्ने अड्कलबाजी गरिएका छन् । एक सातादेखि भने चीनमा कोरोनाबाट संक्रमित हुनेको दर घट्दै गएको छ ।

चीनपछि सबै भन्दा बढि कोरोनाको संक्रमण दक्षिण कोरियामा फैलिएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ४३ मात्रै भए पनि संक्रमित हुनेको संख्या ६ हजार ६ सय छ ।

६ हजार ४ सय १५ जनाको उपचार जारी रहँदा १ सय ३५ जना निको भएका छन् । ५२ जना सिकिस्त छन् ।

इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण देखिएकोमा ९ सय १३ जना उपचारपछि घर फर्किएका छन् ।

१ सय २४ जनाको मृत्यु भएको छ । उपचारारत ३ हजार ७ सय १० जनाको अवस्था सामान्य नै रहेको इरानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएकोमा हाल ३९ सय १६ जनाको उपचार चलिरहेको छ । ५ सय २३ जना निको भएर घर फर्किएका छन् भने १ सय ९८ जनाको मृत्यु भएको छ ।

यस्तै सिंगापुरमा कोरोनाको संक्रमण देखिएका १ सय ३० जनामध्ये ८२ जना निको भएका छन् । ४८ जनाको उपचार भइरहेको छ ।

सिंगापुरमा कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन । यद्यपी उपचारारतमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

भियतनाममा १७ जनामा संक्रमण देखिएकोमा १६ जना निको भएका छन् १ जनाको उपचार भइरहेको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट उपचारारत ४० हजार ९ सय ४५ मध्ये ६ हजार ४ सय १ जनाको अवस्था गम्भीर रहे पनि बाँकीको अवस्था सामान्य हुँदै गएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : २६ बजे

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्

राष्ट्रियसभा १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए