साउदी राजाका भाइसहित तीन जना पक्राउ « Khabarhub

साउदी राजाका भाइसहित तीन जना पक्राउ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् ।

राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ ।

पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।

पक्राउ परेका मध्ये दुई जना राजाको निकटका व्यक्ति हुन् । अनुहारमा मास्क लगाएर कालो लुगा लगाएका व्यक्तिहरुले उनीहरुलाई पक्राउ गरेका थिए ।

सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्यहरु, मन्त्री तथा व्यवसायीहरुलाई रियादको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएपछि त्यहाँभित्रको विवादका बिषय बाहिरिदै आएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ५८ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको