शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात « Khabarhub

शनिबार दिनभर नै बर्षा हुने, हुम्लामा भारी हिमपात


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभरका अधिकांश भू-भागमा वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।

बर्षासँगै तापक्रम घटेपछि पुनः चिसो बढेको महशुष भएको छ । पश्चिम न्यून चापीय प्रणालीका कारण गएरातिदेखि नै भइरहेको वर्षा आज दिनभर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबारदेखि भने मौसम सुधार हुनेछ । हिमाली भेगमा भने हिमपात भएको छ ।

हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।

हिमपातले जिल्लामा तापक्रम माइनस पाँचमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा बदली हुँदा हिमपात शुरु भएको हो ।

हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

केही स्थानमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना औंल्याउँदै महाशाखालले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  १० : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको