शिवनगर मधेशकै नमुना पर्यटकीय स्थल हुन्छ: नेता साह « Khabarhub

शिवनगर मधेशकै नमुना पर्यटकीय स्थल हुन्छ: नेता साह


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर–नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले शिवनगरलाई मधेश नमुना पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिवार रौतहटको गरुडा नगरपालिका- ५, शिवनगरमा विकासका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले ऐतिहासिक महत्व बोकेको शिवनगरलाई प्रदेशकै सबैभन्दा बढी पर्यटक आकर्षित हुने पर्यटन केन्द्र बनाउने उद्घोष गरे ।

अध्यक्ष साहले भने, “शिवनगर ऐतिहासिक भुमि हो । शिवनगर मन्दिर आफैमा ऐतिहासिक छ । मन्दिरको धार्मिक र सांस्कृतिक महत्व हामीमा मात्र सीमित राख्ने हो कि यसलाई विश्वस्तरमा पुर्याउने हो ? म तपाईहरुलाई सोध्न चाहन्छु । पक्कै पनि यसलाई विश्वस्तरमा पुर्याउने हो ।”

“विगतमा यस मन्दिरलाई कमाई खाने भाँडो बनाएको कारण शिवनगर ओझेलमा परेको थियो । तर अब स्थिति त्यस्तो रहदैन । शिवनगरलाई मधेशकै नमुना पर्यटकीय गन्तव्य बनाउछौँ ।” अध्यक्ष साहले भने, “यसका लागि जे जस्तो पूर्वाधार निर्माण गर्नुपर्छ, ती सबै कार्य अगाडि बढाइन्छ ।”

प्रदेश सांसद कुन्दन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण मण्डल, नेताहरु सियाराम कुशवाहा, त्रिभुवन साह, योगेन्द्र साहलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै