टेलिकमले डाटा सेवा प्रभावकारी बनायो « Khabarhub

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ ।

कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ ।

डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको ‘पिसिआरएफ’ प्रणालीबाट जिएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले स्तरोन्नति गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

पिसिआरएफ प्रणालीलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् ।

यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

यस स्तरोन्नतिबाट कम्पनीको जिएसएम टुजी/थ्रीजी/फोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ३५ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको