ओपोद्वारा नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक | Khabarhub Khabarhub

ओपोद्वारा नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– ओपोले आज आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ ।

सबै उत्पादनहरु मार्फत ओपोले आफ्नो फ्ल्यागशिप फाइभजी प्रतिको प्रतिबद्धता झल्काउन असंख्य अत्याधुनिक प्रविधिको समायोजन उपलब्ध गराएको छ ।

साथै, फाइभजी यूगको विभिन्न प्रयोग अवस्थामा उपभोक्तालाई सहजता प्रदान गर्दै सघाउने सोचका साथ ओपोले ओपो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।

सोही कार्यक्रम मार्फत कम्पनीले फाइभजी ब्यवसायिकिकरणमा अझ तिब्रता ल्याउँदै वैश्विक प्रयोगकर्तालाई अदृतिय फाइभजी अनुभव प्रदान गर्नका लागि “ओपो फाइभजी ल्याण्डिङ प्रोजेक्ट”मा ११ वैश्विक क्यारियर्सको सहभागिताको पनि घोषणा गरेको छ ।

ओपोका उपाध्यक्ष तथा ग्लोबल मार्केटिङका अध्यक्ष ब्रायन शिनले भने, “फाइन्ड एक्सटू सिरिजको सार्वजनिकले ओपोको हाई(एण्ड उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ ।

सन् २०२०मा वैश्विकस्तरमै फाइभजी सर्वब्यापी हुने तयारीमा छ । यस अवस्थामा पार्टनर्सहरु संग सहकार्य गर्दै फाइभजी अपनत्वमा सघाउन हामी आशावादी छौँ । मानिसहरुको दैनिक आवश्यकता पूर्तिदेखि विविध स्मार्ट उत्पादन मार्फत वैश्विक प्रयोगकर्ताको जीवनलाई स्मार्ट बनाउँदै लैजाने हाम्रो उद्देश्य हो ।”

उपभोक्ताका हाई(एण्ड डिमान्ड पूर्तिका साथै प्रिमियम अनुभव

ओपोको नयाँ नवप्रबर्तनात्मक उत्पादन तथा प्राविधिक पोर्टफोलियोका रुपमा फाइन्ड एक्सटू सिरिजमा थ्रीके क्यूएचडी+ रिजोल्यूशन , १२० एचजेड अल्ट्रा हाई रिफ्रेश रेट र २४० एचजेड टच स्याम्प्लिङ रेट सपोर्ट गर्ने ओपोको सर्वोत्कृष्ट १२० एचजेड अल्ट्रा भिजन स्क्रिन उपलब्ध गरिएको छ ।

यसले प्रयोगकर्तालाई थप स्मूथनेसका साथमा उत्कृष्ट दृष्यानुभूति प्रदान गर्छ । क्वालकम स्न्यापड्रायगन ८६५ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित पहिलो मध्य एक फाइन्ड एक्सटू सिरिजले डुअल मोड फाइभजी सपोर्ट गर्नुका साथै ओपोको स्मार्ट फाइभजी परफरमेन्स अप्टिमाइजेसन समाधान प्रदान गर्छ ।

यसले समग्र फाइभजी परफरमेन्समा सुदृढिकरण ल्याउँछ । साथै, यसले ६५ वाट सुपरभोक २.०पनि सपोर्ट गर्छ, यो उद्योगमै ब्यवसायिक रुपमा उपलबध हाल सम्मको सर्वाधिक तिब्र गति सहितको चार्जिङ प्रविधि हो, जसले फाइभजी यूगमा उपभोक्तालाई उत्कृष्ट चार्जिङ अनुभव प्रदान गर्छ ।

त्यसैगरी, फाइन्ड एक्सटूमा पूर्णरुपमा अपग्रेडेड ईमेजिङ अनुभव प्रदान गर्न ४८एमपी वाइड एंगल लेन्स, ४८एमपी वाइड एंगल क्यामेरा र १३एमपी पेरिस्कोप टेलिफोटो क्यामेरा सुसज्जित ओपोको सर्वाधिक शक्तिशाली र बहुउपयोगी अल्ट्रा भिजन क्यामेरा प्रणाली उपलब्ध गरिएको छ ।

अनुकूलित आईएमएक्स६८९ सेन्सरमा आधारित फाइन्ड एक्सटू प्रोले उद्योगकै सर्वाधिक अत्याधुनिक अल पिक्सेल ओम्नि डिरेक्सनल पीडीएएफ प्रविधि उपलब्ध गराएको छ । यसले १००% पिक्सेल फोकसिङको क्षमता राख्छ । फाइन्ड एक्सटू प्रो १२बिट फोटो क्याप्चरिङ क्षमता सुसज्जित पहिलो मोबाइल फोनपनि हो ।

फाइन्ड एक्स र लाम्बोर्गिनी विचको पछिल्लो सहकार्यहरु पछ्याउँदै ओपोले फाइन्ड एक्सटू प्रो लाम्बोर्गिनी एडिसनपनि सार्वजनिक गरेको छ । सटिक हस्त रहित अनुभव प्रदान गर्न थर्मल अब्जर्पसन ग्लास प्रविधिको प्रयोग उद्योगमै यो नै पहिलो पटक हो ।

ओपोले कार्यक्रम मार्फत ब्रिटिस अभिनेता एडी रेडमाइन्ससंग ग्लोबल ब्राण्ड एम्बेसेडरका रुपमा सहकार्यको घोषणापनि गरेको छ । रेडमाइन्सको कलाकारीताका क्षेत्रमा समर्पण र योगदान र नयाँ कार्य गर्ने भोक र त्यसका लागि सिमाना भन्दा माथी उक्लने सामथ्र्य ओपोको सौन्दर्य सन्तुष्टि र नवप्रबर्तनात्मक प्रविधिको सही तालमेलका लागि निरन्तर तत्पर्तासंग मिल्दो जुल्दो छ ।

ओपोद्वारा कार्यक्रम मार्फत ओपो फाइभजी सीपीई ओम्निपनि सार्वजनिक गरेको छ । स्न्यापड्रागन एक्स५५ मोडेमद्वारा सञ्चारित ओपोको प्रोप्राइटरी ओ रिजर्भ फाइभजी स्मार्ट एन्टेना र ओ मोसन ३६० फाइभजी एन्टेना सहितको यो उपकरणले फाइभजी नेटवर्कमा ७.५जीबीपीएसको गति प्रदान गर्ने क्षमता राख्छ ।

उपकरणले वाईफाई ६ सपोर्टगर्नुका साथै बीएलई ४.१ र जीगबी ३.० प्रोटोेकलसंगपनि कम्प्याटिबल रहेको छ । उपभोक्तालाई सहज स्मार्ट फाइभजी कनेक्टिभिटी अनुभव प्रदान गर्ने यो प्राविधिक उत्पादन ब्यवसायिक रुपमा पहिलो चरणमा पश्चिमी यूरोप र एसिया प्यासेफिकमा उपलब्ध गरिने छ भने चीनमा भने क्रमशः उपलब्ध गराउने जानकारी दिइएको छ ।

ओपोले कार्यक्रम मार्फत नै आफ्नो पहिलो स्मार्ट वाचपनि सार्वजनिक गरेको छ । कम्पनीले वाचमा निकै नवप्रबर्तनात्मक रुपमा फ्ल्यागशिप स्मार्टफोनहरुमा प्रयोग हुँदै आएको थ्रीडी फ्लेक्जिवल हाइपरबोलोइड डिस्प्ले प्रयोग गरेको छ । उपकरणमा ब्यूल्टइन सेल्यूलर कनेक्टिभिटी र ब्यापक हेल्थ मनिटरिङ प्रणाली जडान गरिएको छ ।

ओपोको प्रप्राइटरी डुअल चिप ईन्ड्यूरेन्स प्रणाी र वाच भोक फ्ल्याश चार्जिङ प्रविधि जडित ओपो वाच मात्र ७५ मिनेटमा पूर्णरुपमा चार्ज गर्न सकिन्छ । यसलाई १५ मिनेट चार्ज गर्दा ४६ प्रतिशत ब्याट्री चार्ज हुनुका साथै १८ घण्टा सम्म काम गर्छ ।

फाइभजी सीपीई र स्मार्ट वाच सार्वजनिक संगै ओपोले लगातार स्मार्ट उपकरणका विभिन्न रेञ्जहरु सार्वजनिक गर्दै जाने बताएको छ । ब्यक्तिगत, घर, यात्रा र अफिस गरी विशेष चार प्रयोग क्षेत्र समेट्ने कम्पनीको योजना रहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ३ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन