‘बागी ३’ को दमदार शुरुवात, कमायो यति करोड « Khabarhub

‘बागी ३’ को दमदार शुरुवात, कमायो यति करोड


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड एक्सन स्टार टाइगर श्राफको फिल्म ‘बागी ३’ ले शुक्रवारदेखि रिलिज भएको छ । यो फिल्मले नेपालमा पनि उत्साह जगाएको थियो ।

अहमद खानले निर्देशन गरेको यो फिल्मको लामो समयदेखि चर्चा थियो । फिल्मको एक्सन प्याक दर्शकले रुचाएका छन् ।

यो फिल्म यस वर्षको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । बलिउड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको छ ।

कोरोना भाइरस र होलीको माहोलका बाबजूद पनि फिल्म हेर्न हलसम्म दर्शक ओइरिएका छन् ।

फिल्मले मल्टिप्लेक्सका तुलनामा सिङ्गल स्किृनमा धेरै कमाइ गरेको छ । यो फिल्म टाइगरका फिल्ममध्ये सबैभन्दा धेरै ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ ।

यसअघि टाइगर र ऋतिक रोशनको फिल्म ‘वार’ ले एकैदिन ५३ करोड ३५ लाख कमाइ गरेको थियो । यस्तै बागी २ ले पहिलो दिन २५ करोड १० लाख रुपैयाँ कमाइ गरेको थियो ।

बागी सिरिजको कुरा गर्नुपर्दा चाहिँ यो बागी २ ले सबैभन्दा धेरै कमाइ गरेको थियो । श्रद्धा कपूरको पनि अभिनय रहेको बागी ३ ले पनि आक्रामक कमाइ गर्ने अनुमान गरिएको छ ।

यो फिल्म भारतमा मात्र ४४ सय पर्दामा रिलिज भएको थियो भने विदेशमा ११ सय पर्दामा रिलिज गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : १८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी