अत्यावश्यक वस्तुमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिए कारवाही हुन्छ: मन्त्री भट्ट « Khabarhub

अत्यावश्यक वस्तुमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिए कारवाही हुन्छ: मन्त्री भट्ट


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिएका छन् ।

आज (शनिवार) आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताए । उनले भने, “सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ । अपुग जनशक्ति अझै थप्ने तयारी छ ।”

साथै उनले वाणिज्य विभाग र औषधी विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको पनि बताए । उनले भने, ‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’

भट्टले बजार व्यवस्थित, कालोबजारी र कृत्रिम अभाव रोक्नका लागि गृह मन्त्रालयसँग पनि समन्वय भैरहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ३० बजे

राष्ट्रिय विपत्तिको परिस्थितिमा दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको