पुँजीवादको विकास नगरी समाजवाद आउँदैन: बाबुराम भट्टराई « Khabarhub

पुँजीवादको विकास नगरी समाजवाद आउँदैन: बाबुराम भट्टराई


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताएका हुन् ।

‘पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ’, पूर्व प्रधानमन्त्री भट्टराईले भने । वर्तमान सरकार कछुवाको गतिमा अगाडि बढेको र आर्थिक क्षेत्रको विकासमा दुई वर्ष खेर फालेको उनले आरोप लगाए ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्वको सम्भावनायुक्त देश भएकाले यहाँ भएका प्राकृतिक सम्पदाको सही सदुपयोग गरी देश विकास गर्नुपर्ने बताए । भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणमा समाजवादी पार्टी लागेको उनको भनाइ थियो । पार्टी बौद्धिक पेशागत सङ्घका इन्चार्ज नगेन्द्र प्रधान, नेवा: परिषद्का इन्चार्ज पञ्चलाल महर्जनले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको उल्लेख गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : ४५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट