अष्ट्रेलियन विश्वविद्यालयको शोधको दाबी: कोरोनाका कारण डेढ करोडको ज्यान जान सक्छ « Khabarhub

अष्ट्रेलियन विश्वविद्यालयको शोधको दाबी: कोरोनाका कारण डेढ करोडको ज्यान जान सक्छ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला हालै सार्वजनिक एक शोधले विश्वभर करीब डेढ करोडको ज्यान जान सक्ने निष्कर्ष निकालेको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीको शोधमा महामारीको १ वर्षभित्र डेढ करोड मानिसहरुको मृत्यु हुनसक्ने आशंका गरिएको छ । उक्त शोधमा कोरोनाभाइरसको कारण विश्वको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने समेत उल्लेख छ ।

बेलायती पत्रिका डेलीमेलका अनुसार उक्त शोधमा कोरोनाको महामारी विकराल बनेको अवस्थामा यसबाट विश्वभर ६ करोड ८० लाख करोड मानिसहरुले ज्यान गुमाउन सक्ने निष्कर्ष छ ।

यसरी ज्यान गुमाउनेमध्ये दशौं लाख अमेरिका र बेलायतका बासिन्दा हुनेछन् ।

अघिल्लो वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म करिब १ लाख मानिसहरु संक्रमित भइसकेका छन् भने करिब ३३ सयले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ०९ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित