एण्ड्रोइड मोबाइल चलाउनुहुन्छ ? एक अर्बभन्दा धेरै फोनमा हुन्छ ‘ह्याकिङ’को जोखिम « Khabarhub

एण्ड्रोइड मोबाइल चलाउनुहुन्छ ? एक अर्बभन्दा धेरै फोनमा हुन्छ ‘ह्याकिङ’को जोखिम


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर स्मार्टफोन प्रयोगकर्तामध्ये अधिकांशले गुगलको एण्ड्रोइड अपरेटिङ सिस्टम भएका फोनहरु प्रयोग गर्दै आएका छन् । बेलाबेला एण्ड्रोइडमा सेक्युरिटीको अपडेट पनि आउने गरेको छ ।

तर, हालै गरिएको अध्ययनका अनुसार विश्वका एक अर्ब भन्दा धेरै एण्ड्रोइड स्मार्टफोन ह्याकिङको जोखिममा रहेको देखाएको छ ।

साइबर सुरक्षा फर्म ‘ह्विच?’ ले दाबी गरे अनुसार विश्वका एक अर्ब भन्दा धेरै स्मार्टफोनमा सेक्युरिटी अपडेटमा समस्या भएका कारण यस्ता फोनहरुमा ह्याकिङको खतरा बढेको छ ।

शोधका अनुसार सन् २०१२ वा त्यसअघि सार्वजनिक भएका स्मार्टफोन ह्याक हुने सम्भावना धेरै हुन्छ ।

यद्यपि यसबारे एण्ड्रोइड निर्माता कम्पनी गुगलले कुनै टिप्पणी गरेको छैन ।

मानिसहरुले खरिद गर्ने जस्तोसुकै स्मार्टफोनमा पनि कति समयसम्म सेक्युरिटी अपडेट हुन्छ भन्ने स्पष्ट हुँदैन । प्रायः स्मार्टफोनमा दुईदेखि तीन वर्षसम्म यस्तो अपडेट गर्न मिल्छ । त्यसपछि यस्तो अपडेट बन्द हुन्छ ।

गुगलका अनुसार अझै पनि एण्ड्रोइड प्रयोगकर्ताहरुमध्ये ४२ प्रतिशत प्रयोगकर्ताले एण्ड्रोइडको ६ वा यसभन्दा अघिको भर्सन प्रयोग गर्दै आएका छन् ।

हालै गरिएको शोधका अनुसार विश्वका ४० प्रतिशत एण्ड्रोइड स्मार्टफोनमा सेक्युरिटी अपडेट आउँदैनन् । सोही कारण यस्ता फोनहरु ह्याक हुने सम्भावना धेरै रहन्छ ।

उक्त शोधले गुगलसहितका एण्ड्रोइड स्मार्टफोन कम्पनीहरुले सफ्टवेयरबारे पारदर्शीता अपनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : २२ बजे

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली

सुनसरी–१ मा हर्क साम्पाङको अग्रता

धरान (सुनसरी)- सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी