एण्ड्रोइड मोबाइल चलाउनुहुन्छ ? एक अर्बभन्दा धेरै फोनमा हुन्छ 'ह्याकिङ'को जोखिम | Khabarhub Khabarhub

एण्ड्रोइड मोबाइल चलाउनुहुन्छ ? एक अर्बभन्दा धेरै फोनमा हुन्छ ‘ह्याकिङ’को जोखिम


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर स्मार्टफोन प्रयोगकर्तामध्ये अधिकांशले गुगलको एण्ड्रोइड अपरेटिङ सिस्टम भएका फोनहरु प्रयोग गर्दै आएका छन् । बेलाबेला एण्ड्रोइडमा सेक्युरिटीको अपडेट पनि आउने गरेको छ ।

तर, हालै गरिएको अध्ययनका अनुसार विश्वका एक अर्ब भन्दा धेरै एण्ड्रोइड स्मार्टफोन ह्याकिङको जोखिममा रहेको देखाएको छ ।

साइबर सुरक्षा फर्म ‘ह्विच?’ ले दाबी गरे अनुसार विश्वका एक अर्ब भन्दा धेरै स्मार्टफोनमा सेक्युरिटी अपडेटमा समस्या भएका कारण यस्ता फोनहरुमा ह्याकिङको खतरा बढेको छ ।

शोधका अनुसार सन् २०१२ वा त्यसअघि सार्वजनिक भएका स्मार्टफोन ह्याक हुने सम्भावना धेरै हुन्छ ।

यद्यपि यसबारे एण्ड्रोइड निर्माता कम्पनी गुगलले कुनै टिप्पणी गरेको छैन ।

मानिसहरुले खरिद गर्ने जस्तोसुकै स्मार्टफोनमा पनि कति समयसम्म सेक्युरिटी अपडेट हुन्छ भन्ने स्पष्ट हुँदैन । प्रायः स्मार्टफोनमा दुईदेखि तीन वर्षसम्म यस्तो अपडेट गर्न मिल्छ । त्यसपछि यस्तो अपडेट बन्द हुन्छ ।

गुगलका अनुसार अझै पनि एण्ड्रोइड प्रयोगकर्ताहरुमध्ये ४२ प्रतिशत प्रयोगकर्ताले एण्ड्रोइडको ६ वा यसभन्दा अघिको भर्सन प्रयोग गर्दै आएका छन् ।

हालै गरिएको शोधका अनुसार विश्वका ४० प्रतिशत एण्ड्रोइड स्मार्टफोनमा सेक्युरिटी अपडेट आउँदैनन् । सोही कारण यस्ता फोनहरु ह्याक हुने सम्भावना धेरै रहन्छ ।

उक्त शोधले गुगलसहितका एण्ड्रोइड स्मार्टफोन कम्पनीहरुले सफ्टवेयरबारे पारदर्शीता अपनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : २२ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका