कोरोना भाइरसको प्रभावकारी जाँच गर्न निर्देशन « Khabarhub

कोरोना भाइरसको प्रभावकारी जाँच गर्न निर्देशन


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरसको ( कोभिड –१९ ) प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमानाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को आज अवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

सो अवसरमा राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत गरे । नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षणकक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ३५ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ