कोरोना भाइरसको प्रभावकारी जाँच गर्न निर्देशन « Khabarhub

कोरोना भाइरसको प्रभावकारी जाँच गर्न निर्देशन


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरसको ( कोभिड –१९ ) प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमानाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को आज अवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

सो अवसरमा राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत गरे । नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षणकक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ३५ बजे

राष्ट्रिय विपत्तिको परिस्थितिमा दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको