कोरोना भाइरस: भारतमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरस: भारतमा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

भारतमा एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ हजार ७७८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ३७५ जना उपचारपछि निको भएका छन् । ४ हजार २६७ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ३२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा