कोरोना भाइरस : २४ घण्टामा थप ५ हजार २२८ को मृत्यु, ७४ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा थप ५ हजार २२८ को मृत्यु, ७४ हजारबढी संक्रमित


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ७८ हजार ५३४ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ९२ हजार ८४७ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४७ हजार ४५९ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप ३० हजार ३३१ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ८७१ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६३६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : ०७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला