कोरोना भाइरस : २४ घण्टामा थप ५ हजार २२८ को मृत्यु, ७४ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा थप ५ हजार २२८ को मृत्यु, ७४ हजारबढी संक्रमित


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ७८ हजार ५३४ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ९२ हजार ८४७ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४७ हजार ४५९ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप ३० हजार ३३१ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ८७१ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६३६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : ०७ बजे

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

भ्याटिकन सिटी – रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको