रोनाल्डोको कपाल प्रेमिकाले नै काटिदिएपछि… « Khabarhub

रोनाल्डोको कपाल प्रेमिकाले नै काटिदिएपछि…


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका खेलकुद गतिविधि एक महिनादेखि ठप्प छन् ।

सबैजसो खेलकुद स्पर्धा ठप्प भएपछि स्टार खेलाडीहरु घरमै आराम गरिरहेका छन् । धेरैजसो मुलुक लकडाउनमा रहँदा बाहिरफेर निस्कने समेत मुस्किल छ ।

खेलाडीहरुले पर्सनालिटी समेत म्यानेज गर्न नपाइरहँदा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डको कपाल भने उनकै प्रेमिकाले काटिदिएकी छन् ।

प्रेमिकाले कपाल काटिदिएपछि पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलकुद नै नभएपनि पुनः एक पटक चर्चामा आएका छन् ।

घरमै क्वारेन्टाइनमा रहेका रोनाल्डोको कपाल आफ्नै प्रेमिका जर्जिना रोड्रिग्वेजले काटिदिएपछि उनी केही नर्भस देखिएको फोटो तथा भिडियो सार्वजनिक भएको छ ।

कुर्सीमा बसिरहेका रोनाल्डोलाई उनकी २६ वर्षीय प्रेमिका जर्जिनाले पछाडिबाट कपाल काट्दै गरिरहेकी छिन् । यसक्रममा रोनाल्डो केही नर्भस देखिँदै क्यामरातर्फ हेर्दै थम्स दिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : १४ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ