काठमाडौं- विश्वमा कोरोना भाइरसको महामारी भइरहेका बेला चिकित्सकहरुले मास्कको प्रयोग गर्न सुझाव दिएका छन् ।
कोरोना भाइरसको महामारीसँगै विश्वमा अहिले मास्कको अभाव समेत सिर्जना भइरहेका बेला एक रुसी मोडलले मास्कको भित्र बस्त्र बनाएकी छिन् ।
उनले मास्कको ‘बिकिनी’ बनाएर तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । पेशाले मोडल यूलिया योशोकोवाको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको चर्चा भन्दा बढी आलोचना समेत चुलिएको छ ।
इन्स्टाग्राममा केही अन्य मोडलहरुले पनि मास्कको ‘बिकिनी’ बनाएर फेरी आफूले लगाएको फोटो शेयर गरेका छन् ।
जर्मन इन्स्टाग्राम मोडल काट्जाले पनि मास्कको ‘बिकिनी’ बनाएर तस्वीर सार्वजनिक गरेकी छिन् ।
प्रतिक्रिया