चौतारा साँगाचोकगढीमा ५० लाखको आपत्कालीन कोष « Khabarhub

चौतारा साँगाचोकगढीमा ५० लाखको आपत्कालीन कोष


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ ।

नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत सङ्कलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।

यस्तै बैठकले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

बस्नेतले उल्लङ्घन गरेको आरोप

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लकडाउनका अवधिमा सरकारको नीति विपरीत कार्यकर्तासहित राहत बाँड्न निस्किएपछि विवाद उत्पन्न भएको छ ।

जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत गर्ने भन्ने निर्णय गरेका बेला यसरी आउँदा महामारी फैलन सक्ने भनी स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

प्रहरीको अनुरोधलाई स्वीकार नगरी उनी सोमबार त्रिपुरासुन्दरी गापा–२ चोकटीमा स्वास्थ सामग्री लिएर पुगेका थिए । केही दिनअघि उनले बाह्रबिसेमा गरेको खाद्यान्न वितरण पनि विवादित भएकोे थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुनकोशी गाउँपालिका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको बताए । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन शै्यया बाँड्दै हिँडेर बस्नेतले सस्तो प्रचार गरेको लामाको भनाइ छ ।

बाह्रबिसे नगरका प्रमुख निमफुञ्जो शेर्पाले प्रेस विज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शङ्का उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भीर उल्लङ्घन भएको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : ५९ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।